नवलपुरको हुप्सेकोटका उच्च ज्वरो आएका एक जनाको स्वाव परीक्षणका लागि पठाइयो

केशव तिवारी घायल –
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा उच्च ज्वरो आएर जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा भर्ना गरिएका एक जना विरामीको स्वाव परीक्षणका लागि पठाइएको छ ।
हुप्सेकोटमा ७१ जना होम क्वारेन्टाइनमा रहेका मध्ये एक जनामा उच्च ज्वरो आएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गराइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
उनको स्वाव परीक्षणका लागि पठाइएको र केही समयमा रिपोर्ट आउने बताए ।