कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु

चैत्र २६ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ८२ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १४ लाख ३० हजारबाट उकालो लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ । त्यहाँ १२ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
१४ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख १ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय भन्दा धेरै छन् भने स्पेनमा १४ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १० हजार ३ सय नाघेको छ । बेलायतमा ६ हजार १ सय नाघेको छ । इरानमा मृतकको संख्या ३८ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३१ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार नाघ्दा बेल्जियममा २०३५, नेदरल्याण्डस्मा २१ सयभन्दा बढी छ ।

भारतमा १५० जनाको मृत्यु हुँदा ५३ सयभन्दा बढी संक्रमित भएका छन् । (एजेन्सी)

अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु

कोरोना भाइरसबाट अमेरिकामा मंगलबार अहिलेसम्मकै बढी व्यक्तिको मृत्यु भएको समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकाभर एकैदिन मृत्यु हुनेको संख्या १८ सय ५८ रहेको छ भने यस दिन न्यूयोर्कमा मात्रै ८ सय बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

जोह्न्स हप्किन्स युनिभर्सिटीका अनुसार एकैदिन मृत्यु हुनेको संख्या यसअघि ४ अप्रिलमा १३ सय ४४ थियो ।

न्युयोर्क गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

अहिले संसारमै सबैभन्दा बढी व्यक्ति अमेरिकामा संक्रमित भएका छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ हजार ८ सयभन्दा बढी छ ।

संसारभर संक्रमितको संख्या १४ लाख ३० हजारभन्दा बढी हुँदा अमेरिका एउटै देशमा संक्रमितको संख्या चार लाख नाघेको हो ।

अमेरिकी अधिकारीहरुले यो हप्ता पनि निकै खराब हुने बताएका छन् ।

भाइरसको संक्रमणका कारण विश्वभर भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

१४ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख १ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय भन्दा धेरै छन् भने स्पेनमा १४ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १० हजार ३ सय नाघेको छ । बेलायतमा ६ हजार १ सय नाघेको छ । इरानमा मृतकको संख्या ३८ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३१ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार नाघ्दा बेल्जियममा २०३५, नेदरल्याण्डस्मा २१ सयभन्दा बढी छ ।

भारतमा १५० जनाको मृत्यु हुँदा ५३ सयभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ६२ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । यसबाहेक यस्ता १ सय ३७ व्यक्ति भेटिएको जसमा कुनै स्पष्ट लक्षण नदेखिएको जानकारी दिएको छ ।

यो अघिल्लो दिनको तुलनामा बढि हो । सोमबार कोरोनाभाइरस संक्रमितको संख्या ३२ मात्रै थियो र स्पष्ट लक्षण नदेखिएका व्यक्ति ३० मात्रै थिए ।

चीनमा मंगलबार कोरोनाभाइरसका कारण दुईजनाको मृत्यु भएको छ जबकी सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएन । सांघाईमा एकजनाको मृत्यु भयो भने अर्को हुबेई प्रान्तमा भयो । ऊहान शहर हुबेई प्रान्तमा नै छ जहाँ पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

सम्बन्धित
Loading...