बर्दघाट जेसीसद्वारा बर्दघाट नगरपालिकालाई लक्षित गरी १५ थान पि.पि.ई.प्रदान




बर्दघाट, चैत्र–२६ । बर्दघाट जेसीस वर्ष २०२० ले बर्दघाट नगरपालिका भित्र रहेका एम्बुलेन्सका चालकहरुको सुरक्षालाई मध्येनजर गरी १५ थान पि.पि.ई. सहयोग गरेको छ ।
बुधवार जेसीसका पदाधिकारीहरुले नगरपालिका भरीका एम्बुलेन्सका चालकलाई प्रदान गर्न भन्दै नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मालाई उक्त पि.पि.ई. हस्तान्त्रण गरेका छन् ।
जेसीसका अध्यक्ष गणेश न्यौपाने महासचिव मोहन सापकोटा, कार्यक्रम संयोजक राजु अर्याल, निर्मल पाण्डे, राजु न्यौपाने, दिनेश न्यौपाने लगायतको टोलीले हस्तान्तरण गरेको हो ।
कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि सहज मानिएको पि.पि.ई.भएपछि चालक सुरक्षित हुने भएकाले उक्त १५ थान पि.पि.ई. सहयोग गरेको हो ।



सम्बन्धित
Loading...