कोरोना आशंका गरिएका हुप्सेकोटका बाबुछोरामा कोरोना नभएको पुष्टि


प्रिय धन –
२६ चैत्र । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ का २ जनामामा कोरोना नभएको पुष्टि भएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाले दिएको जानकारी अनुसार उनीहरुमा कोरोना नेगेटिभ देखिएको हो । रोजगारीको शिलशिलामा भारतमा रहेका एकजना गत हप्ता मात्रै भारतबाट घर फर्किएका थिए ।
घर फर्केको केही दिनमै अचानक ज्वरो आउने र खोकी लाग्ने भएपछि गत आईतबार उनलाई कोरोनाको आशंकामा मध्यविन्दु जिल्ला अस्पताल डण्डा पुर्याइएको थियो ।
उनीसँगै उनका बुबाको समेत कोरोना परीक्षण गरिएको हो । जिल्ला अस्पताल डण्डाले उनको स्वाव परीक्षणमा निमित्त भरतपुर कोरोना विशेष अस्पताल पठाएको थियो तर उनमा शंका गरे झै कोरोना नभएको रिपोर्ट आएको मध्यविन्दु जिल्ला अस्पताल डण्डालाई उधृत गर्दै गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले बताए।



बिरामी छोरा लाई अहिले जेनेरल वार्डमा सारिएको छ । बुवालाई भने केही नभएपछि डिस्चार्ज गरिएको छ । छोरालाई पखाला लाग्ने समस्या भएकाले थप केही दिन डण्डामै राखिने बताइएको छ ।



सम्बन्धित
Loading...