मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा

काठमाण्डौँ, चैत २७ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पूर्वी तराई भूभागका साथै मध्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जन चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भूभागका एक९दुई स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।