नवलपरासी टोल टोलमा लकडाउन
दाउन्ने समाचारदाता
नवलपरासी, २७ चैत । विश्वब्यापी महामारी बनेको कोरोना भाईरसको विस्तार रोक्नका लागि सरकारले पछिल्लो समयमा देश भरिनै लकडाउन गरेको अवश्थामा पश्चिम नवलपरासीका स्थानियतहमा जनताले टोलटोलमा लकडाउन गरेका छन ।
पछिल्लो चार दिन देखी सुनवल नगरपालिकाले अर्को सुचना जारी नहुदा सम्मका लागि नगरपालिका भित्रका वडाहरु लक गरिएको र वडा पार गरेर अन्य वडामा जाने स्थानियबासीहरुलाई कडा कार्वाही गर्ने सुचना जारी गरे पछि अहिले सुनवलको सम्पुर्ण वडाहरु लक भएका छन ।
यसै गरि भारतीय नाकासंग जेडिएको सुस्ता र पाल्हीनन्दन गाउँपालिकालका स्थानिय युवाहरुले रातीको समयमा भारतबाट केही मानिसहरु अनाधिकृत आउने क्रम नरोकिए पछि भारत तर्फबाट आउने साना गल्लीहरु समेतमा बांसले बारेर लकडाउनको कार्यान्वयन शूरु गरेको सुस्ता गाउँपालिका ५ का स्थानिवासी श्याम थापाले बताए ।
दिउसोको समयमा सडकहरुमा प्रहरी हुने र अन्य स्थानियहरुले पनि विरोध गर्ने भए पछि सिमावर्ती पालिकाहरुमा भारततर्फबाट आउने कतिपय साना गल्ली र डोरेटाहरुबाट तस्करी गर्ने र भारतबाट नेपालका आफन्त कहां आउने मानिसहरुको आवागमन नरोकीए पछि सुस्ताका स्थानिय बासीहरुले ती गल्लीहरु पुर्णरुपमा बाटाहरु बन्द गरेको बताईएको छ ।
स्थानिय युवाहरुको सक्रियतामा गाउँगाउँमा वडा मात्र होईन कि टोलटालहरुमा समेत बाटाहरु बन्द गरेका छन । सुनवल, वर्दघाट नगरपालिकाका विभिन्न टोलहरु अहिले स्थानिय युवाहरुको सक्रियतामा बन्द गरिएको पत्रकार प्रकाश न्यौपानेले बताएका छन ।