भ्रष्टहरु नै कसरी राष्ट्रवादी ?




केशव तिवारी घायल-

विश्वभर फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड –१९) का कारण नेपाल लक डाउनमा छ । नेपालमा लकडाउनका कारण हामी सबैले घर घरमा बसेर यो रोग नियन्त्रणका लागि सहयोग गरिरहेका छौँ।
सरकार कोरोनाबाट बच्नका लागि विभिन्न उपाय जनतालाई दिईरहेको छ जुन करिब ५० दिन ढिला भईसकेको थियो । कोभिड १९ ले विश्व आतंकित बनेको छ । वैज्ञानिकहरु यो रोगको उत्पति र नियन्त्रणका लागि निचोडमा पूगेका छैनन् ।
नेपालको छिमेकी मुलुक चिनमा कोरोनाको पहिलो संक्रमण देखिएपछि क्रमिक रुपमा यो रोगले विश्वभरका मानिसलाई आक्रान्त वनाईरहेको छ । नेपाल पनि यो रोगबाट बच्न सकेन । यहाँ हालसम्म परीक्षण गरिएका जम्मा मान्छेहरु मध्ये ९ जनालाई कोभिड १९ देखियो । परीक्षण गर्नुपर्ने मानिसहरु धेरै छन् । नेपालमा यस रोग परीक्षण गर्ने प्रविधि सीमित अस्पतालमा मात्र छन् । अस्पतालले हाल परिक्षणका लागि आवश्यक पर्ने किट पाईरहेको छैन् ।
ज्वरो, आउने तथा खोकी लाग्ने समस्या अहिलेको महामारीको रुपमा फैलिएको छ जुन कोरोनाको लक्षण हो । सरकार कोरोनाको परीक्षणमा डाक्टरहरुले प्रयोग गर्ने एएभ् खरिदका लागि यता उता भौतारिरहेको छ । हालै सरकारले कोरोना परिक्षण तथा सावधानीको लागि विभिन्न सामग्री टेन्डर प्रक्रियाबाट खरिद गरेको छ ।
महामारीको यो समयमा सरकारका मन्त्रीहरु खरिद गरिएको सामग्रीमा मन्त्रीलेनै भ्रष्टाचार गरेका समाचारहरु सुन्दा जनताको मन भाँचिएको छ । जनताकै मतले सांसद तथा मन्त्री वनेकाहरु जनताकै खुन पसिना चुस्नमा ब्यस्त हुँदा भोट गलत ठाँउमा लगाएको भन्दै जनता पश्चताप गरिरहेका छन् ।
डुब्लिकेट सामान महंगोमा खरिद गरेर अकुत सम्पती कमाउने सरकारका पदाधिकारीहरु मध्येका प्रधानमन्त्री आफ्नो क्याविनेटका मन्त्रीहरुलाई कारवाही गर्नुको साटो बचाउमा लागेका छन् ।
प्रधानमन्त्रीका विश्वास पात्रहरुनै भ्रष्टचारमा लिप्त हुँदा प्रधानमन्त्री नै चुप लाग्नुमा भ्रष्टाचारमा प्रधानमन्त्री आफै संलग्न छन् भन्नेमा जनता छन् । सरकार ५ बर्षका लागि बनेको हो । त्यसपछि बाँचियो भने देशमा निर्वाचन हुन्छ । अहिलेको परिस्थति भनेको कोरोना रोग संग तन मन र धन लगाएर यसबाट बच्ने हो । तर सरकार यसलाई पैसा कमाउने मौकाको रुपमा लिईरहेको छ । सरकारका मन्त्रीहरुले आफु र जनता बाँचे मात्र यो देश बच्छ भन्ने कुरा विर्सिएका छन् ।
सरकार अवसरवादी बनेको छ । लकडाउनले कतिपय जनता भोकै मरिरहेको समाचार आईरहेका छन् तर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब यो सरकारसंग जनताले के अपेक्षा गर्ने ? यही सरकार कहिले चाउचाउ र बिस्कुट खाएर अहोरात्र खटिएका सुरक्षाकर्मीको तलब कटौती गर्छु भन्छ त कहिले डक्टरहरुलाइ नै आतंकित बनाउछ, अनि आफू क्वारेन्टाइनमै बसेर राज्य दोहन गरीरहन्छ । यस्तो विषम परीस्थितीमा अब सबैले घरमै बसेर यो सरकारको बिकल्प खोज्न सकेनौं भने इतिहासले हामीलाई सराप्ने छ । जबसम्म हामी सक्षम निडर र निरोगी राजनेता छान्न सक्दैनौ तबसम्म हाम्रो राष्ट्रवाद नक्कली राष्ट्रजाद ठहरिने पक्का छ ।




गैंडाकोट



सम्बन्धित
Loading...