बर्दघाट नगरपालिकाको प्रकोप कोषमा २४ लाख ३५ हजार रुपैया संकलन




नवलपरासी ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २४ लाख ३५ हजार ६ सय ८३ रुपैया नगद संकलन भएको छ । विहीवार सम्म संकलित सो रकम बाहेक पनि ३ लाख ९८ हजार रकम बराबरको खाद्यान्न समेत संकलन भएको हो । आज सम्म २४ लाख ३५ हजार ६ सय ८३ रुपैया संकलन भएको छ – नगर प्रमुख धीरज शर्मा बस्यालले भने – करिब दुई हजार परिवारलाई राहत सामाग्री वितरण भएको छ ।
त्यस्तै दाताहरुबाट राहत नगद तथा जिन्सी प्रदान गर्ने क्रम जारी रहेको उनले बताए ।



सम्बन्धित
Loading...