अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा बिहीबार ट्रम्पले यो दाबी गरेका हुन् ।
औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लगाएको ट्रम्पको दाबी छ । उनले यो औषधि कोरोना भाइरसको संक्रमण पुनः फैलिन नदिन अति उपयुक्त तथा प्रभावकारी हुने बताएका छन् । यसको परीक्षण चाँडै सुरु हुने पनि उनले जानकारी दिएका छन् ।
कारोना भाइरसविरुद्ध औषधि तथा खोप पत्ता लगाउन विश्वभरका वैज्ञानिक प्रयासरत रहेपनि अहिलेसम्म यसको खास औषधि पत्ता लाग्न सकेको छैन ।