कुबेर सहकारीद्वारा सरवाल गाउँपालिकाकाे विपद् काेषमा २१ हजार सहयोग
रबिन्द्र यादव / नवलपरासी पश्चिम –
नवलपरासी पश्चिमको सरवाल गाँउपालिकामा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुजहवाले सरावल गाँउपालिककालाई राहत स्वरुप २१ हजार उपलब्ध गराएको छ ।
कोरोना भाईरस (कोभिड-१९) महामारीलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण गरीब असहाय अति विपन्न र ज्यालामजदुरी गर्ने घरपरिवारलाई दैनिक छाक टार्न गारो भएको अवस्थामा राहत स्वरुप सहकारीले उक्त रकम सहयोग गरेको सचिव युवराज मौर्याले बताए।
राहत स्वरुप उपलब्ध गराईएको रकमबाट खाद्यान्न सामग्री खरिद गरि गाँउपालिकामार्फत वितरण गरिने जनाइएको छ । विपतको समयमा सहकारीले कार्यालयमै बोलाएर राहत स्वरूप २१ हजार एक सय एक रुपैया उपलब्ध गराई मानवीय कार्य गरेकोले सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले सहकारीलाई धन्यवाद ब्यक्त गरेका थिए ।
