भरतपुर अस्पतालबाट दुई महिनामा सर्पदंशका ११ बिरामीले लिए उपचार




चितवन । चितवनको भरतपुर अस्पतालमा फागुन र चैत महिनामा गरी ११ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गर्मी महिना सुरु भएसँगै सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । अस्पतालमा नवलपरासीका तीन, चितवनका चार, धादिङका दुई, लमजुङका दुई जनाले उपचार गराएका छन् । उपचार गराउन आएका मध्ये ६ जना महिला र ५ जना पुरुष छन् ।  उनीहरु मध्ये एक जनालाई आइसीयूमा राखेर एन्टिस्नेक भेनम दिइएको सूचना अधिकारी पौडेलले बताए ।

अस्पतालमा गत वर्ष २०७५ मा ४४ महिला र ४६ पुरुष गरी ९० जना सर्पदंशका बिरामीले सेवा लिएका थिए । गत वर्ष सबैभन्दा बढि ४१ जना नवलपरासीका थिए भने बाँकी अन्य जिल्लाका थिए । अस्पतालले सर्पदंशका बिरामीको उपचारका लागि भनेर चार बेड छुट्याएको छ । गत वर्ष अस्पतालमा आएका बिरामी मध्ये कसैले पनि ज्यान नगुमाएको सूचना अधिकारी पौडलको भनाइ छ ।






सम्बन्धित
Loading...