स्थानीयको झगडाले एकको मृत्यु
हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा चैत १ गते स्थानीय बीच भएको झगडामा घाइते जीतबहादुर पाख्रिनको शनिबार राति मृत्यु भएको छ ।
स्थानीयबीच झगडा हुँदा घाइते ४० वर्षीय जीतबहादुरको ललितपुरस्थित एक अस्पतालमा उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन पाठकले जानकारी दिए ।
इन्द्रसरोवर गाउँपालिका–४, भित्तेगोठमा स्थानीयबीच झगडा भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा चैत २५ गते उजुरी परेको थियो । उजुरी लगत्तै प्रहरीले झगडामा संलग्न मध्ये प्रदीप डिम्डुङलाई चैत २५ गते इन्द्रसरोवर गाउँपालिकाबाटै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।