नवलपरासीमा गाँजा सहित ३ जना पक्राउ




शोभा जिसी –
नवलपरासी, १ बैशाख । नवलपरासीमा लकडाउनको बेलामा पनि गाँजा तस्कर गर्ने गरेको पाइएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका ७ स्थित रामबासमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा ९४ प ७६६८ नम्बरको पल्सर मोटरसाइकलमा आएका दुई जनालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणका अनुसार पक्राउ पर्नेमा नवलपरासीको दुवचुली नगरपालिका ४ बस्ने ३५ बर्षीय हाकु विक र २२ बर्षीय अर्जुन विक लागुऔषध सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले २ सय ५० ग्राम गाँजा बरामद गरेको छ । त्यसैगरी उनीहरुसँग सोधपुछ गर्दा उनीहरुले किनेर ल्याएको देवचुली नगरपालिका ९ विशालटार निवासी दिलबहादुर सारुको घरमा खानतलासी गर्दा उनको घरबाट ७ किलोग्राम गाँजा बरामद गरेको छ । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसान्धान थाली लागुऔषधमा मुद्दा चलाइएको जनाएको छ ।



सम्बन्धित
Loading...