नवलपुरका १ सय ५७ को कोरोना नतिजा नेगेटिभ, १३६ को र्यापिड टेष्ट, २१ जनाको स्वाव परीक्षण भयो



खगेन्द्र पराजुली,
१ बैशाख, नवलपुर । नवलपुरमा आज सोमवार ६९ जनाको र्यापिड टेष्ट सम्पन्न भएको छ । र्यापिड परीक्षण भएका सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको हो ।



आज नवलपुरको कावासोतीमा १३ जना, गैंडाकोटमा ९ जना, बौदीकालीमा १ जना, बुलिङटारमा ३९ जना, बिनयी त्रिबेणीमा ५ जना र हुप्सेकोटमा २ जनाको परिक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

नवलपुरका अहिलेसम र्यापिड टेष्टमार्फत १ सय ३६ जनाको कोरोना परिक्षण भएको छ । परिक्षण भएका सबै जनामा कोरोना संक्रमण नरहेको नवलपुर जिल्ला स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ ।




यसैगरी, गैंडाकोटका १ जनाको भरतपुर स्थित सरकारी अस्पताल मार्फत भरतपुरकै कोरोना प्रयोगशालामा गरिएको स्वाव परिक्षण समेत नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले बताउनुभयो ।

योसँगै नवलपुरबाट थ्रोड स्वाव परिक्षण भएका २१ जना र र्यापिड टेष्ट गरिएका १ सय ३६ गरी कुल १ सय ५७ जनामा कोरोना संक्रमण नदेखिएको वहाँले बताउनुभयो ।



सम्बन्धित
Loading...