पश्चिम नवलपरासीमा गरिबको नामको राहत हुने खानेलाई
स्थानीयको विरोधपछि राहत वितरण रोकियो

नन्दु यादव –
परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा राहत वितरण गरिबको नाममा हुनेखानेलाई वितरण गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
प्रतापपुर गाउँपालिका ३ सोमनीमा मंगलबार राहत वितरण शुरु हुन लागेको बेला गरिखानेको नाममा हुने खानेलाई वितरण गर्न खोजेको भन्दै विरोध गरेपछि राहत वितरण नै राकिएको छ ।
कोरोना भाईरसलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले गरेको लकडाउनका कारण कोही जनता पनि भोकै बस्न नपरुन भन्दै प्रतापपुर ३ को वडा कार्यालयबाट वितरण शुरु गर्न थालिएको राहत वितरणमा गरिबको नाममा धनिलाई वितरण गर्न खोजिएको भन्दै स्थानीयले नाराबाजी समेत गरेका थिए ।
स्थानीय निवास यादवको अगुवाईमा गएको सयौं स्थानीयले बिरोध गरे पछि राहत वितरण स्थगित भएको हो ।
यादवले राहत पाउनेहरुको नामावली हुनेखानेको मात्र रहेकोले विरोध गरेको बताए ।
प्रतापपुर ३ मा १२ सय बढी धरधुुरी रहेकोमा २ सय १० घरधुरीलाई राहत प्याकेज वडाले वितरण गर्न खोजेको थियो । विरोध पछि वडा कार्यालयले अर्काे सूचना नआएसम्म राहत वितरण स्थगित गरेको जनाएको छ ।