हरपुर सहकारीद्वारा पाल्हीनन्दनको विपद व्यवस्थापन समितिलाई ३१ हजार सहयोग




रामकरण हरिजन  –
परासी, २ वैशाख । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गांउपालिका वाड न ं२ मा रहेको हरपुर आय आर्जन बचत तथा रिण सहकारी संस्थाले पाल्ही नन्दन गाउँपालिकाको विपद व्यवस्थापन समितिलाई ३१ हजार रुपैयाँ सहयोग गरेको छ ।
सहकारीका कोषाध्यक्ष ध्रुवनारायण वानियाले पाल्ही नन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवलाई भौचर हस्तान्त्रण गरेका हुन् ।
विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस कोभिड–१९ बाट सुरक्षित रहनको लागि नेपाल सरकारले जारी गरेको लकडाउनको पालना गरी बस्दै आएका पाल्हीनन्दनमा रहेका ज्याला मजदुरी गरी खाने अति गरिब विपन्न वर्गका परिवारलाई राहत वितरण गर्नका लागि सहयोग स्वरुप ३१ हजार रुपैयाँ सहयोग गरिएको बानियाँले बताए ।



सम्बन्धित
Loading...