कोरियाबाट आएका चितवनका एक व्यक्तिको आरडीटी परीक्षणमा कोरोना देखियो


विवेक पोख्रेल ।
चितवन, ३ वैशाख । र्र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मार्फत परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनामा कोरोना (कोभिड १९) देखिएको छ । रत्ननगर १४ पिठुवामा रहेको गुञ्जमान सिंह अस्पतालमा आरडीटी प्रविधिमार्फत गरिएको परीक्षणमा ३९ वर्षका एक युवामा कोभिड १९ देखिएको अस्पतलालले बताएको छ । अस्पतालका चिकित्सक डा अंकित श्रीवस्तबका अनुसार दक्षिण कोरीयाबाट आएका उक्त व्यक्तिमा आरडीटी कोभिड १९ देखिएपछि अहिले स्वाब परीक्षण गर्न भरतपुरको प्रयोग शालामा ल्याईएको छ ।



डा. श्रीवस्तब उक्त व्यक्तिमा आरडीटी परिक्षणमा कोरोना देखिए पनि स्वाब परिक्षणको नतिजा आएपछि मात्र कोरोना भए नभएको पुष्टि हुने बताउछन् ।

कोरोनाको आशंका गरिएका युवा गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।




स्वाब परिक्षणको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने अस्पतालले बताएको छ । भने गुञ्जमान सिंह अस्पतालमा क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ ।



सम्बन्धित
Loading...