एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बिच कुटाकुट,वडा अध्यक्षको हात भाचियो


 बैशाख ४ स्याङ्जा।



कोरोना संक्रमणले आक्रान्त बनाईरहेको बेला लकडाउन उल्लंघन गर्दै जनप्रतिनिधिहरुले आफ्नो शक्तिको दुरुपयोग गरेको समाचारहरु बाहिर आइरहेको बेला स्याङ्जाको गल्याङ्ग नगरपालिका -८ चिउरीको एक कटेजमा जनप्रतिनिधिविच नै झडप भएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अनन्तराज गैह्रे र जिल्ला समन्वयका समितीका उपप्रमुख दिलिप बगालेबिच हात हालाहाल भएको हो । झडपमा वडाअध्यक्ष गैरेको हात भाचिएको छ, भने उनलाई उपचारको लागि पोखरा लगिएको छ । घटनाको बिषयमा वडा अध्यक्ष अनन्तराज गैह्रेलाई सम्पर्क गर्दा अाफु कुटपिटमा परेको बताउदै वडा प्रहरी कार्यलय वालिङमा उजुरी दर्ता गरेको बताए ।




उनलेे राहत वितरणमा गएको बेला अाफुलाई कुटपिट गरिएको बताए । यसैबीच जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेले सामान्य धकेला धकेला भएको बताए । कालिगण्डकी गाउँपालिका अनुगमनमा गएर फर्कदा चिउरीको एउटा कटेजमा भेट भएको तर अरु बिषयमा अाफुलाई कुनै जानकारी नभएको बताए। दुबै जना तत्कालीन नेकपा (एमाले ) बाट निर्वाचित जनप्रतिनिधि हुन।

जनप्रतिनिधिले पासको दुरुपयोग गरि अनावश्यक चहलपहल गरिरहेको गुनासो अाएको बेला जनप्रतिनिधि विचमै कुटाकुट हुनु दुखद पक्षहो भन्दै घटनाका चौतर्फी अालोचना भएको छ । घटना हुदा वालिङ क्षेत्रका केही अन्य नेताहरू समेत होटलमा सहभागी थिए ।



सम्बन्धित
Loading...