वीरगन्जको छपकैयामा चार सयको र्यापिड टेस्ट, सबैको नतिजा नेगेटिभ

बस्तीमा रहेको मस्जिदमा बसेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि वीरगन्जको छपकैयामा ४ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा परीक्षण गरिएका सबैको शरीरमा कोरोनाविरूद्धको एन्टीबडी नभेटिएको जानकारी दिएका छन्।
चार दिनअघि छपकैयाको मस्जिदमा बसेका भारतीय नागरिकमा कोरोना भाइरस पुष्टि भएको थियो।
उनीहरूमा भाइरसको संक्रमण पुष्टि भएपछि वीरगन्ज महानगरपालिकाको २, ३ नम्बर वडामा पर्ने छपकैया बस्ती पूर्ण रूपमा सिल गरिएको थियो।
पछिल्लो समय सरकारले शंकाष्पद व्यक्तिहरूको र्यापिड टेस्टलाई तीव्रता दिएको छ।