नवलपुरमका २ सय १५ को र्यापिड टेष्ट, सबै नेगेटिभ

रामकुमार श्रेष्ठ –
नवलपुर, ४ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेभेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय १५ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । उनले ति सबैमा रिपोर्ट नेगेटिभ आएको बताए ।
त्यसैगरी नवलपुरमा अहिलेसम्म २९ जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चापागाईले बताए ।
त्यसैगरी विहीबार थप पाँच जनाको स्वाब संकलन गरि पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
![]()