कोरोना संक्रमित चितवनका आमा छोरा संग सम्पर्कमा आएका व्यक्तिको खोजी तीव्र
विवेक पोख्रेल –
बैशाख ६, चितवन । चितवनका कोरोना संक्रमित व्यक्तिसँग भौतिक सम्पर्क गरेकाहरूको खोजी तीव्र पारिएको छ ।
ती संक्रमित बसेको स्थान राप्ती नगरपनलिका वडा नम्बर ८, ब्रहम्मानगर क्षेत्र सिल गरी प्रहरीले ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरेको छ । कोरोना संक्रमितसंग को–कसको भेट गरे भन्ने बारेमा खोजी कार्य जारी रहेको राप्ती नगरपालिका प्रमुख प्रभाव बरालले जानकारी दिईन् ।
ती व्यक्तिसँग प्रया आफ्न्तहरु संग सम्पर्कमा रहेको भन्दै उनीहरुको कोरोना परिक्षणको लागि पनि नगरपालिकाले तत्कालै काम सुरु गरेको उनले जानकारी दिईन । उनका अनुसार वडा नंं.८ का शंकास्पद व्यक्तिहरुलाई सोही वडाको क्वारेन्टाइनमा राखिने छ । नगरपालिकाले ब्रहम्मानगर स्कुलमा क्वारेन्टाइन बनाएको छ ।
हिजो यसै वडाका आमा आमा छोरा कोरोना भएको पुष्टिभएको थियो । ६५ वषिय महिला र २७ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।संक्रमित उनीहरु चैत ३ गते कतार एयरवेजमार्फत लण्डन बाट हकङ्ग हुदै नेपाल आएको बताईएको छ । काठमाडौँबाट उनीहरु ५ गते सार्वजनिक यातायतमा चितवन आएका थिए ।
यद्यपी उनीहरुसंगै आएका एक जनामा भने कोरोना देखिएको छैन तर अहिले तिनै जनालाई उपचारको लागि भरतपुर अस्पताललमा राखिएको छ ।
होमक्वारेन्टाईनमा रहेका उनीहरुमा लक्ष्यण विनानै महिना दिन पछिमात्र कोरोना देखिएको हो । अहिले कोरोना संक्रमितको अवस्था भने सामान्य छ । उनीहरुको भरतपुर अस्पताललमा उपचार भै रहेको छ ।