कोरोना फैलाएको पाइएमा चिनले परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी


एजेन्सी –
अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस -कोभिड-१९ का विषयमा चीनलाई गम्भीर चेतावनी दिएका छन् । उनले महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्ने चेतावनी दिएका हुन्।



आफ्नो नियमित ब्रिफिङमा बोल्दै उनले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको हो की होइन भन्ने बारेमा खोजी गरिरहेको बताए।

ट्रम्पले वुहान भाइरोलोजी प्रयोगशालाका बारेमा यसैसातामा अमेरिकी टेलिभिजन फक्स न्यूजले देखाएको रिपोर्टलाई उल्लेख गर्दै यस्तो बताएका हुन्।




फक्सले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको थियो।

शनिबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले पुनः भाइरसका कारण चीनमा भएको मृत्युमाथि उसले शुक्रबार पेस गरेको नयाँ तथ्यांकमा पनि शंका व्यक्त गरेका छन्।

शुक्रबार चीनले वुहानको मध्यशहरमा १३ सय मानिसहरू कोरोनाबाट मरेको जानकारी दिएको छ। उसले वुहानमा मरेका यी मानिसहरू पहिलो नगनिएको बताएको थियो।

यसअघि बेलायतले पनि चीनले कोरोना भाइरससम्बन्धी कडा प्रश्नहरूको सामना गर्नुपर्नेु बताएको थियो। ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन्।

यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोकेका छन्।

विश्वका यी दुई ठूला अर्थतन्त्रबिच कोरोना भाइरसलाई लिएर पटक(पटक सार्वजनिक रुपमै आरोप(प्रत्यारोप हुँदै आएको छ।

ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ुचिनियाँ भाइरसुको उपनाम दिएर विवाद निम्त्याएका थिए।



सम्बन्धित
Loading...