चितवनको रत्ननगरमा थप एक जनामा देखियो आरडीटी पोजिटिभ

चितवन, वैशाख ७–
चितवनको रत्ननगरमा आज गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा एक जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।
गुञ्जमान सिंह हस्पिटल रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एक जनामा पोजिटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । आज ११ जनाको परीक्षण गर्दा एक महिलामा पोजिटिभ देखिएको हो । ती महिलाको पीसीआर परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । उनको स्वाब संकलन गरी पीसीआरबाट भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिने छ ।
यस्तै केहीदिन अघि पनि र्यापिड टेस्टमा एक पुरुषको पोजिटिभ देखिएको थियो । तर पछि पिसिआर परीक्षणमा उनको नतिजा नेगेटिभ आएको थियो ।