रामग्राम नगरपालिका विरुद्ध ठगी मुद्दा चलाइने




खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमु्ख विमल कुमार दाहालले आउदो मंगलवार भित्र रामग्राम नगरपालिकालाई मुद्धा चलाउने जानकारी दिएका छन् । अहिले नै फलाना फलानालाई मुद्धा अलाउछौ भनेर जानकारी दिन मिल्दैन दाहालले भने खरिद प्रकृयामा सम्लग्नहरुलाई प्रमाण आधारमा मुद्दा चलाउँछु ।
खाद्य ऐन अनुसार सरकारी मापदण्ड विपरितको खाद्यान्न वितरण गर्नेमा संलग्नहरुलाई ५० हजार नगद, ३ वर्ष जेल सजाय वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
अघिल्लो साता सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकाले विपन्नलाई वितरण गरेको खाद्य सामाग्री गुणस्तर हिन रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको छानविनका क्रममा त्यहाँ वितरित खाद्यान्न सामाग्री सरकारले तोकेको गुणस्तरको नरहेको प्रमाणित भएको छ ।

रामग्राम राहत प्रकरणः वितरण गरिएको चामल गुणस्तरहीन प्रमाणित



कार्यलय प्रमुख विमल कुमार दाहालका अनुसार विपन्नलाई वितरित खाद्यान्न परीक्षण गर्दा न्यून गुणस्तरको रहेको हो । नेपाल सरकारले तोकेको गुणस्तर अनुसार खाद्यान्न वितरण गरेको नपाइएकाले नगरपालिका विरुद्ध मुद्दा चलाउने भएको हो । चामल लगायतका खाद्य सामाग्री न्यून गुणस्तरको भेटिएकाले नगरपालिकालाई मुद्धा चलाउने तैयारी भएको छ ।
कोराना संक्रमणका कारण बिपन्नलाई राहत दिन भन्दै रामग्राम नगरपालिकाले १० लाख मुल्य बराबरको चामल खरिद गरेर वडा वडामा बितरण गरेको थियो । बिपन्न परिवारलाई बितरण गरेको चामल अखाद्य रहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले अधिकृत शागर गौतमको संयोजकत्वमा ५ सदस्य रहेको छानविन समिति बनाएर अनुसन्धान थालेको थियो । अधिकृत गौतमले छानविनका क्रममा लिइएको २० पोका स्याम्पलको गुणस्तरमा कमि देखिएपछि खाद्य प्रबिधि तथा गुण नियन्त्रणकायालय र गुणस्तर तथा नाप तौल बिभागलाई थप छाविन गर्न पत्राचार गरेको थियो ।
छानविनका संयोजक गौतमले नगरपालिकाले बितरण गरेको गाउवाट उठाइएको २० पोका खाद्य सामाग्री अखाद्य रहेको र तौलमा समेत ठगि गरेको पाइएको जानकारी दिए । उनले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले गणस्तरहिन खाद्य समाग्री बांडेको प्रमाणका आधारमा र गुणस्तर तथा नाप तौल कार्यालयले तौलमा ठगि गरेको अभियोगमा मुद्धा चलाउने जानकारी दिए । दुबै कार्यलय बाटा भएको छानविनको प्रारम्भिक अनुसन्धानले गुणस्तरहिन समाग्री र तौलमा समेत ठगि गरेको प्रतिवेदन आएको उनले जानकारी दिए ।
घरघरवाट उठाइएको २० वटा पोका खाद्य सामाग्रीमा ८० ग्राम देखि १८० ग्राम सम्म तौल कमी गरेर ठगि गरेको भेटिएको गौतमको भनाइ छ ।
रामग्राम नगरपालिकाले परासीकै राजेश राइस मिलवाट १० लाखमा २ सय ५० क्विण्टल चामल खरिद गरेर विपन्नलाई वितरण गरेको थियो । चामल प्रति किलो ४० का दरमा खरिद गरिएको हो । शुक्रवार रामग्राम नगरपालिका वडा नम्बर ६ ,३ र ११ का २३ सय घरपरिवारलाई चामल वितरण गरिएको थियो । केहि परिवारले लगेको चालम रातो आएको भेटिएपछि स्थानीयले प्रशासनलाई खबर गरेका थिए ।
५ केजी ,१० केजि र १५ केजि राहत चामलमा ८० देखि १९० ग्राम सम्म तौल कमी रहेको आफुले भेटेको अधिकृत गौतमले जानकारी दिए ।



सम्बन्धित
Loading...