गैडाकोट ४ बाट लगिएको युवतीमा कोरोना नभएको पुष्टी

७ बैशाख । गैडाकोट ४ बाट उपचारको लागि भरतपुर अस्पताल लगिएको युवतीमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान ती युवतीको मृत्यु भएको थियो । उपचारका लागि उहाँलाई भतरपुर अस्पताल लगिएको थियो ।
भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हेटौँडामा रहेको पिसिआर प्रविधिबाट गरिएको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको हो । पौडेलले भन्नुभयो, “हामीलाई पहिले नै कोरोना आशंका थिएन तर पनि स्वाव परीक्षणको लागि पठाएका थियौँ । रिपोर्ट नेगेटिभ छ । आफन्तलाई शव को जिम्मा लगाउदै छौँ ।”
अस्पतालका मेडिकल सुपरिटेण्डेन डा श्रीराम तिवारीका अनुसार उहाँको मृत्युको कारण कडा निमोनिया हो । निमोनियाले पहिल्यैबाट आक्रमण गरेर त्यसले शरिरका अन्य अंगलाई पनि असर गरेको र औषधि चलाउदा पनि काम नगर्दा उहाँलाई आइसियुमा राखेर उपचार गरिएको थियो । निमोनिया विग्रेका कारण उहाँको ज्यान गएको डा तिवारीले जानकारी दिनुभयो ।
| गैडाकोट ४ बाट लगिएको युवतीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु |