भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या


भारतमा साधुको कुटिकुटि हत्या भएको छ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या गरिएको हो जस्मा दुई जना साधु र अन्य एक जना छन् । यस विषयमा अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कठोर दण्ड दिने घोषणा पनि गरेका छन् ।



समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् । आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ । पक्राउ पर्नेहरुमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ ।



सम्बन्धित
Loading...