चिनी बेच्न ब्यस्त बाग्मती सुगर मिल : किसानले भुक्तानी पाउँदैनन्




पश्चिम नवलपरासीका उँखु किसान यतिखेर उखुको गोडमेल र सिन्चाई गर्न ब्यस्त हुने समय हो । उत्पादन भएको उँखु मिललाई विक्रि गरेपनि चिनिमिलले भुक्तानी नदिदा किसान गोडमलका लागिकामदार लगाउने र सिंचाई गर्न सक्ने अवस्थामा पनि रहेका छैनन् । एकातिर कोरोना संक्रमणको त्रास र लकडाउनले दैनिकी अस्त ब्यस्त बनेको छ भने अर्को तर्फ जेनतेन खेतमा गएरउखुको गोडमेल गरौं खाद राखौं भनेपनि किसानहरु आर्थिक अभावका कारण मारमा परेका छन् ।

किसानकै उखु खरीद गरी चिनि उत्पादन गर्ने मिलहरु भने यतिवेला धमाधम चिनि विक्रि गर्न ब्यबस्त रहेका छन् । मिल संचालकले किसानहरुको रकम समयमा उपलब्ध नगराउने त पुरानो रोगनै बनिसकेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने र अन्य कुनै काम गर्ने अवस्था नभको अवस्थामा चिनी विक्रि गरिरहेको मिलले किसानलाई केहि रकम भुक्तानी गरिदिए पनि राहात महसुस हुने किसानहरुको भनाई रहेको छ ।




लकडाउनको समयमा पनि सुस्ता २ कुडियामा रहेको बाग्मती सुगर मिलले चिनी मिल बाट उत्पादन भएको चिनी, वकास र मोलासिस विक्रि गरिरहेको छ । चिनि लिनका लागि ट्रकहरु दैनिक जसो मिलमा आउने गरेका छन् । लकडानका कारण भारबाट भन्सार छली गरी भित्रिने चिनी सिमानाकामा सुरक्षाकर्मीको कडाईले भित्रिन नपाएपछि अहिले स्थानिय बजारमा पनि बाग्मतीकै चिनी विक्रि भैरहेको छ । मदिरा उत्पादनका क्रममा कच्चा पदार्थको रुपमा प्रयोग हुने मोलासिस लिन ट्याङ्करहरु मिलको गेटमा लामवद्ध रहेका देखिन्छन् ।

बाग्मतीले आफ्नो उत्पादन विक्रि गरेर आम्दानी गरिरहदा भने किसानहरुको रकम भुक्तानी गर्नेतर्फ कत्तिपनि चासो दिएको छैन । गोडमेल र सिन्चाईको सिजन भए पनि गोडेमलका लागि काममदारलाई दिने ज्याला, सिंचाईका लागि पम्पसेट, वोरीङ्ग संचालन गर्न आवश्यक पर्ने ईन्धन किन्नका लागि किसानहरुलाई आर्थिकको खाँचो परेको छ । अहिले तकरकारी किन्न, विरामी हुँदा उपचार गर्न पनि रकम अभाव भएको उखु किसान दिपक तेलीले दुखेसो पोखे । “हाम्रै आँखा अगाडि मिलले चिनी, मोलासिस, वाकस विक्र गरिरहेको छ तर हामीलाई उखुको भुक्तानी दिदैन पटक पटक मिल संचालकलाई भुक्तानीका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई गर्दैनन् हामी किसान कसरी गुजरा चलाउने ?” तेलीले भने ।

मिल संचालकले किसानहरु संग प्रति क्विन्टल ४ सय रुपैयाँको दरमा पुर्जी खरीद गर्ने र किसानहरुले आफुहरुले पाउनुपर्ने पुरै मुल्य पनि नपाउने तेलीले बताए । यस बर्ष उखुको मुल्य नेपाल सरकारले ५ सय ३६ रुपैयाँ तोकेको छ । जसमध्ये मिलले ४ सय ७१ रुपैयाँ र सरकारले अनुदान स्वरुप ६५ रुपैयाँ उपलब्ध गराउदै आएको छ । मिल संचालकले विभिन्न बाहानामा सरकारबाट प्राप्त अनुदान समेत किसानलाई नदिने गरेको उनले गुनासो गरे ।

अर्का किसान केशव ज्ञवालीको दुखेसो पनि उस्तै छ । पहिला उखु मिलमा लैजानका लागि पुर्जी लिनै सास्ती हुने र पछि भुक्तानीका लागि पनि निकै दुख कस्ट वेहोनुपर्ने अवस्थाले किसान मर्कामा परिहरको त्रवालीको भनाई छ । अहिले मिलले धमाधम चिनी विक्रि गरिहदा किसानको रकम पनि भुक्तानी गर्नुपर्नेमा मिल संचालकले त्यसो नगरको उनले बताए । उखु किसानले मिलबाट खेप्नुपरेको दुख र समयमा भुक्तानी नपाउने समस्याले अव उखु खेती कसैले पनि नगरोस भन्नेमा आफु पुगेको उनले बताए ।

यस बर्ष प्रतापपुरमा रहेको ईन्दिरा सुगरमिल किसानहरुको आन्दोलनका कारण संचालनमा आउन सकेन भने सुनवलमा रहेको लुम्विनी चिनीमिल बन्द भैसकेको छ । पश्चिम नवलपरासीमा यसपटक बाग्मती सुगर मिलले मात्र किसानहरुको उँखु खरिद गरेको थियो । उखु किसानहरुले चिनिमिल बाट पाउनुपर्ने रकम मिल संचालकले समयमा भुक्तानी नगरिदिदा निकै हैरानी खेप्दै आईरहेका छन् ।



सम्बन्धित
Loading...