पश्चिम नवलपरासीमा एकमा कोरोना र्यापिड टेष्ट पोजेटिभ, पिसिआर परीक्षणका लागि भैरहवा पठाईयो




परासी । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ बर्षीय वृद्ध पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
कोरोना संक्रमणको आशंकामा र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा पोजेटिभ देखिएको जिल्ला अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुलले बताए ।
उनको स्वाव संकलन गरेर थप परीक्षणका लागी भैरहवा पठाइएको छ ।
पश्चिम नवलपरासीमा ¥यापिड डायग्नोष्टिक टेष्टमा पोजेटिभ देखिएको यो पहिलो घटना हो । यिन सँगै उनका अन्य सदस्यहरुको ¥यापिड टेष्ट गरिएको भए पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
चिसापानी सामुदायिक अस्पतालमा ति जेष्ठ नागरिकको आरडिटि परीक्षण भएको हो, त्यसपछि नमुना संकलनका लागि परासी ल्याईएको थियो ।
बर्दघाटमै उनको दुई पटक ¥यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताए । उनलाई अहिले जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ ।
ऊ लामो समयदेखि घरमै बस्दै आएका थिए । ऊ भारत वा अन्य तेस्रो कुनै देश गएका छैनन् ।



सम्बन्धित
Loading...