हिकोडेफ कावासोतीद्वारा नवलपुरका पालिकाहरुलाई १ लाख ४० हजार सहयोग




कावासोती । हिमालयन सामुदायिक विकास मञ्ज (हिकोडफ) कावासोतीले पूर्वी नवलपरासीका ८ वटै स्थानीय तहमा गरी एक लाख ४० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
नवलपुर जिल्ला भित्रका ८ वटै स्थानीय तहलाई राहात सहयोग हस्तान्तरण गरेको छ ।
नवलपुर जिल्लाका ८ वटै स्थानीय तहलाई राहत हस्तान्तरण गरिने भएको हो । राहत नगर र गाउँ पालिकालाई भिन्न भिन्न रुपमा हस्तान्तरण गरिने हिकोडेफका कार्यक्रम संयोजक शुक्रराज ओझाले बताए । गाउँपालिकालाई १५ हजार र नगरपालिकाहरुलाई २० हजार बराबरको दरले राहत स्वरुप खाद्यान्न (चामल, दाल), तेल, सावुन, नुन हस्तान्तरण गरिएको बताए ।
लक डाउनको समयमा विपन्न तथा दैनिक मजदुरि गरि खाने परिवारको लागि स्थानिय तहले एकद्वार प्रणालीबाट वितरण गर्ने नीति अनुरुप कावासोती नगरपालिकालाई १८ घर परिवार बराबरको प्याकेज बराबरप्रति घर परिवार १५ केजी चामल, २ केजी दाल, तेल आधा लिटर, आयोनुन १ पोकाका दरले कावासोती नगरपालिका नगर प्रमुख चन्द कुमारी पुनको उपस्थितिमा नगर उपप्रमुख तथा विपत व्यवस्थापन राहात कोषका संयोजक प्रेम शंकर मर्दनियालाई हिकोडेफका कार्यक्रम संयोजक शुक्रराज ओझाले हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी सबै नगरपालिकालाई ५ सय थान र गाउपालिकालाई ४ सय थानका दरले हातधुने लक्स सावुन समेत वितरण गरिएको कार्यक्रम संयोजक ओझाले बताए ।
साथै हिकोडेफले देवचुली १४ बस्ने मृगौला पीडितलाई ३१ सय ३२ रुपैया बराबरको खाध्य सामाग्री हस्तान्तरण गरिएको ओझाले बताए ।



सम्बन्धित
Loading...