पाल्हीनन्दन गाउँपालिकाद्वारा घरघरै पुगेर बाँढ्यो सामाजिक सुरक्षा भत्ता




रामकरण हरिजन –
परासी (पाल्हीनन्दन) । कोरोना भाईरस कोभिड (१९) बाट सुरक्षित रहनको लागि पश्चिम नवलपरासी पाल्ही नन्दन गाउपालिकाले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
कोरोनाको संक्रमणबाट बच्नका लागि भिडभाड हुन नदिनका लागि शुक्रबारदेखि जेष्ठ नागरिक र पाँच वर्ष मुनि रहेका दलित बालबालिकाहरुलाई घर घरमा पुगि भत्ता वितरण गरेको हो ।
लकडाउनका कारण समस्यामा परेको जेष्ठ नागरिकहरुले घरघरमै भत्ता पाएपछि हर्षित भएका थिए । बेलैमा सामाजिक सुरक्षा भत्ता वितरण नगरे बजेट फ्रिज हुने डर समेत रहेकोले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दीपकले बताए ।



सम्बन्धित
Loading...