कावासोती १५ मा राहत वितरणमा अनियमितता भएको भन्दै कार्यालय घेराउ

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लकडाउनका कारण जीवन निर्वाह गर्न कठिन भएकालाई वितरण गरिने राहतमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
उनीहरुले राहत वितरणमा अनियमितता भएको आरोप लगाए पनि वडा अध्यक्ष देवनारायण महतोले भने राहात वितरणमा कुनै अनियमितता नभएको दावी गरे ।
त्यसैगरी स्थानीयले भारतबाट आएका मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन एउटा नागरिक आफ्नो वडा भित्र देखिए पनि वडा कार्यालयले उसलाई क्वारेन्टाइनमा राख्न कुनै चासो नदिएको भन्दै खबरदारी समेत गरेका थिए ।