भोको पेटको साहरा बन्दै ट्राफिक प्रहरी




अमिर रामदाम,
चितवन, ११ वैशाख । न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । कोभिड-१९ का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउँन अग्रपंक्तिमा रहेर देशभर ट्राफिक प्रहरीले सेवा गरिरहेका छन् ।

कोभिड –१९ को सङ्क्रमण नियन्त्रणका लागि भएको लकडाउनमा अलपत्र परेका मजदूर वर्ग तथा अन्य सर्वसाधारणलाई कोही पनि भोकै बस्न नपरोस् भन्दै बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरले चैत २८ गतेदेखि भरतपुर महानगरपालिका र स्थानीय बासिन्दाहरूको सहयोगमा निरन्तर नि:शुल्क पेटभरि खाना दिएर भोक मेटाउने प्रयास गरिरहेको छ ।




बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाट आफैले अलपत्रमा परेका यात्रुहरुलाई कोरोनाको कहर सम्बन्धी सचेतना प्रदान गर्दै मास्क, पन्जा वितरण गर्नुका साथै नि:शुल्क खाना खुवाउने र यातायातको व्यवस्थापन गर्ने गरिरहेका छन् ।

रामनगर, ठिमुरा स्थीत अस्थायी मेस स्थापना गरि भोको पेट भएकालाई पेटभरि खाना खुवाइँ रहेका प्रहरी उपरीक्षक रानाभाटले भने तीर्थ खोज्न धेरै टाढा धाउनु पर्दैन्, तीर्थ भनेको त आफ्नै अगाडी पनि हुन्छ । त्यसैले भोको पेटलाई खाना खुवाउँदा पनि तीर्थ गए सरह भएको रानाभाटले बताएका छन् ।

मेसको खाना व्यवस्थापनका लागी विहानदेखि बेलुका सम्म राजु मल्ल सक्रिय भएर खाना व्यवस्थापनमा लाग्ने गरेका छन् । त्यस्तै खानपिनको व्यवस्थापनका लागी राहतको चाँजोपाँजो गर्न टंक न्यौपाने लाग्ने गरेका छन् भने तारा कुँवरले बजार व्यवस्थापन गरिरहेका छन् ।

नम्र स्वभाव, आदरभाव, मिजासिलोपन लगायत ट्राफिक प्रहरीको व्यवहारले हिजोआज नागरिकको मन जित्ने सजिलो माध्यम बनेको छ ।



सम्बन्धित
Loading...