बिश्वलाई नयाँ आशः कोरोना बिरुद्धको खोप बेलायतबाट परीक्षण सुरु




काठमाडौं। विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप मानिसमा लगाउन सुरु गरिएको छ ।
कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट सुरु गरिएको हो ।

कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा पहिलोपल्ट कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण थालिएको हो ।




बेलायतमा मानिसमा लगाउन थालिएको कोरोनाविरुद्धको खोपले विश्वलाई एउटा आश जगाएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले पहिलो पटक सम्भावित खोपको परीक्षण शुरु भएको हो ।

खोपको परीक्षणका लागि आठ सय बढी मानिसले आफ्नो नाम लेखाए पनि दुई जनालाई खोपको मात्रा प्रदान गरिएको बीबीसीले लेखेको छ ।

त्यसमध्ये आधालाई कोरोना भाइरसविरुद्धको खोप दिइने छ र आधालाई कोरोनाको नभई मेनेन्जाइटिस विरुद्धको खोप दिइने छ । यदि यो नियन्त्रणमा आए कोरोनालाई नियन्त्रण गर्ने बुझिने छ ।

तर खोप लगाउने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन ।

बीबीसीले डाक्टरलाई मात्रै यसबारे जानकारी हुने बताएको छ । दुई जनामध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छिन् ।



सम्बन्धित
Loading...