राशिफल पुस १ गते

तपाईलाइ स्वागत छ ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन ज्योतिषी पं.लक्ष्मण सुवेदीमो.९८५५०४६६५८
मेष: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।
वृष: यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मिथुन: कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
कर्कट: आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर पुरानो समस्याले खर्च गराउन सक्छ।
सिंह: बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ।
कन्या: घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
तुला: भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
वृश्चिक: समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। स्वास्थ्य भने कमजोरी रहनेछ।
धनु: अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।प्रियजनसँग भेटघाट हुनेछ र सम्मान प्राप्त हुनेछ ।
मकर: बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ: बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ।
मीन: चिताएको काम पनि सजिलै पूरा हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।