गैडाकोटकी हराइएकी महिला फेला परिन

१२ बैशाख । केही दिन अघि पूर्वी नवलपरासीको गैडाकोटबाट हराएकी एक महिला शुक्रबार फेला परेकी छिन् ।
वैशाख १० गतेदेखि हराएकी गैडाकोट नगरपालिका ४ मा बस्ने २९ वर्षीय देवी लुङ्गेली मगर बुधबार कालिका मन्दिर फेदीको केही माथिको भागमा भेटिएको वडाअध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए ।
घाँस काट्न जानेहरुले देखेपछि खबर गरेर खोजी गर्दै जाँदा उनी फेला परेकी हुन् ।