गैंडाकोटबाट बाग्लुङ्गका स्थानीयलाइ दोस्रो पटक घर पठाइदै




केशब तिवारी घायल –

गैडाकोट, बैशाख १४ । लकडाउनका कारण विगत लामो समयदेखि गैंडाकोट आफन्तको घरमा रोकिएर रहेका विभिन्न जिल्लाकालाई आज घर पठाइदै छ।
यस अघि बाग्लुङ्ग पर्वतका स्थानीयहरुलाई बैशाख ११ गते गैंडाकोट नगरपालिकाको समन्वयमा सुन्दर हरीयाली अभियान गैंडाकोटले सहयोग गरि उनीहरुको गन्तव्यमा पठाइएको थियो ।
त्यतिबेला नगरपालिकाले पर्याप्त सुचना जारी नगरेको र सोही ठाँउका अधिकांश बासिन्दाहरु गन्तव्यसम्म जान नपाएको व्यापक जनगुनासो आएपछि पुनः दोस्रो पटक गैंडाकोट नगरपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलको संयोजकत्वमा यात्रुहरु आंफैले खर्च बेहोर्ने गरी उनीहरुलार्इ गन्तव्यतर्फ पठाउन लागिएको हो ।




नगरपालिका परिसरबाट आज सांझ ७ बजे छुट्ने भनिएका दुई वटा गाडीहरु यस अघि जस्तै चितवन, तनहुँ र कास्की हुँदै जाने छन् भने गाडीमा सवार सबै यात्रुहरुलार्इ मास्क, ग्लोब र सेनिटाइजर प्रयोगमा अनिवार्यता गरिने भएको छ ।
सांझ ७ बजे गैंडाकोटबाट छुटेको बसले भोलि बिहान ५ बजे सम्ममा सबै यात्रुहरुलाइ गन्तव्य सम्म पुर्याइसक्ने छ ।



सम्बन्धित
Loading...