नवलपुरमा अहिलेसम्म ५३ जनाको स्वाव परीक्षण सबैको रिपोर्ट नेगेटिभ, ८ सय ५५ जनाको आडिटी परीक्षण




शोभा जि.सी. –
नवलपुर । पूर्वी नवलपरासीमा आइतबारसम्म ५३ जनाको स्वाव परीक्षण भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म गरिएको ५३ जनाकै स्वाव परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा आइतबार थप ६ जनाको स्वाव परीक्षणको रिपोर्ट आएको हो । ति ६ जनाको पनि रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
त्यसैगरी नवलपुरमा आईतवार ३० जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । यो सहित नवलपुरमा ८ सय ५५ जनाको आडिटी टेष्ट भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको चापागाईले बताए ।
आइतबार गरिएको देवचुलीका १ जना, कावासोतीका २१ जना, विनयी–त्रिवेणीमा ३ जना, जिल्ला अस्पतालमा ५ जनाको परीक्षण भएको हो ।
गैंडाकोट, कावासोती र मध्यविन्दुका २÷२ जना गरी ६ जनाको स्वाव परीक्षण गरिएको हो ।



सम्बन्धित
Loading...