कावासोतीमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न वितरण


नारायण प्रभु – 



नवलपुर । मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज आइतबार पनि राहत वितरण गरेको छ। कावासोती ५ पश्चिमटोलको देविथानमा रहेका १३ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।ट्रस्टले गरेको पुण्य कार्यमा स्पेनमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका कावासोती १ निवासी एम.डि. कंडेलले सहकार्य गर्दै आफ्ना माता पिताको सम्मानमा ट्रस्टलाई चामल उपलब्ध गराएका छन्।
विपन्न, असहाय तथा बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले गतसाल समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ (सविना) कि जेठी छोरी स्व.मोनीका श्रेष्ठको स्मृतिमा ट्रस्ट स्थापना गरिएको हो।
ट्रस्टले अहिले सम्म धेरै सामाजिक क्षेत्रमा सहयोग गरिसेकेको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताए ।
ट्रस्टले गतसाल पनि विभिन्न स्थानका बालबालिकाहरुलाई न्यानो कपडा तथा स्टेसनरी बितरण गरिसकेको अनुभव सुनाउदै अब लकडाउनका कारण दैनिकि गुजारा चलाउन समस्या भएका गरिब मजदुरहरुलाई खाद्यान्न बितरण गरिने श्रेष्ठले जानकारी दिए।
सरकारले आव्हान गरेको लकडाउनको पालना गर्दै कावासोती ५ पश्चिमटोलमा  वितरण गरिएको कार्यक्रममा समाजसेवी बालकृष्ण घिमिरे, श्याम श्रेष्ठ, लालचन श्रेष्ठ,एम.डि. कंडेल,गोपाल थापा,केशब राज पौडेल लगाएतको उपस्तिथि रहेको थियो।
लकडाउनको समयमा यदि कसैलाई पनि खाद्यान्नको अभावमा भोकै बस्नु पर्ने बाध्यता रहेको छ भने ट्रस्टका संरक्षक लालचन श्रेष्ठलाई जानकारी गराउन संस्थाले अनुरोध गरेको छ।






सम्बन्धित
Loading...