कोरोनाबाट अमेरिकामा ५५ हजार बढिको मृत्यु




काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघेको छ । विश्वका २१३ देशमा फैलिएको करोना संक्रमणका सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ९१० पुगेको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा ५५ हजार ४११ जनाको कोरोनाका कारण ज्यान गएको छ । इटलीमा २६ हजार ६४४, स्पेनमा २३ हजार १९०, फ्रान्समा २२ हजार ८५६ तथा बेलायतमा २० हजार ७३२ कोरोना संक्रमितको मृत्यु भएको छ ।




हाल विश्वभर १९ लाख ८७ हजार भन्दौ धेरै कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ५७ हजार ६०० को अवस्था गम्भीर रहेको छ ।



सम्बन्धित
Loading...