कोरोना कहरस् भारतमा ९३९ जनाको मृत्यु, संक्रमित २९ हजार नाघ्यो


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।



भारतमा पछिल्लो २४ घण्टामा ५८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।

भारतमा एकैदिन १ हजार ५६१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ हजार ४५१ पुगेको छ ।




भारतमा संक्रमितमध्ये ७ हजार १३७ जना उपचारपछि निको भएका छन् । २१ हजार ३७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा सबैभन्दा बढी प्रभावित बनेको छ ।

सार्क मुलुकमा भारत सबैभन्दै भन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।



सम्बन्धित
Loading...