अपाङ्गता भएकालाई ह्वील चियर




देवचुली । किवानिस ईन्टरनेशनल तथा सिभिटान क्लवका प्रतिनिधि दीपक भण्डारीले पूर्वी नवलपरासीको दुवचेली नगरपालिका १५ सालघारी झाक्री बुढा भनेर चिनिने बलराम तामाङलाई सहयोगी सामाग्रीको रुपमा ह्वील चेयर उपलब्ध गराएका छन् ।
बिगत २ बर्षदेखि अपाङ्गता जीवन यापन भोग्नुभएका बृद्ध तामाङको आर्थिक अवस्थामा समेत कमजोर रहेकाले सहयोग गर्न आग्रह गरेपछि किवानिस प्रतिनिधी भण्डारीले सहयोग गरेका हुन् ।



सम्बन्धित
Loading...