भोजपुरका कोरोना संक्रमितसँगै साउदी अरबबाट आएका नवलपुरमा ३ जना, आज परिवारसहितको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइदै




नवलपरासी । साउदी अरबबाट आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका ३ जना र उनका परिवारका सदस्यहरुको आज स्वाब संकलन गरी परीक्षणका लागि पठाइने भएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका २ जना र मध्यविन्दु नगरपालिकाका १ जना साउदी अरबबाट भोजपुरमा आएका संक्रमित आएको जाहाजमा आएका थिए । उनीहरु फाल्गुनको अन्त्य तिर नेपाल आएका हुन् । उनीहरु नेपाल आएर सेल्फ क्वारेन्टाइनमा बसेका थिए । तथापि सँगै जहाजमा आएका भोजपुरका एक जनामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका नवलपुरका सबैको स्वाब संकलन गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण सापकोटाका अनुसार साउदीबाट आएका दुई जना र उनका आफन्त दुई जना गरी ४ जनालाई स्वाव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दु अस्पतालमा पठाइएको बताए ।

त्यस्तै मध्यविन्दु नगरपालिका १ का एक जना र उनका परिवारका २ जना गरी ३ जनाको स्वाव परीक्षण गर्नका लागि जिल्ला अस्पतालमा पठाइएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना मगरले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि स्वाब संकलन गरेर पठाउने तयारी भईरहेको बताए ।
साउदीबाट आएका भोजपुरका एक जनामा बैशाख ११ गते कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् ।
त्यसैगरी उदयपुरबाट आएका देवचुली नगरपालिकामा रहेको एक जनाको पनि आज स्वाब संकलन गरी पोखरा परीक्षणका लागि पठाइने छ ।




रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि



सम्बन्धित
Loading...