रामग्राममा गुणस्तरहिन चामल वितरण प्रकरणः चामल सप्लायर्स बानिया पुर्पक्षका लागि कारागार




परासी । दुई साता अघि रामग्राम नगरपालिकामा कोरोना प्रभावित बिपन्नलाई निम्न गुणस्तरको चामल बिक्रि गरेका परासी स्थित राजेश राइस मिलका संचालक पटवारी बानियालाई अदालतको आदेशले पुर्वक्षकालागि थुनामा कारागार पठाएको छ ।

जिल्ला अदालत पश्चिम नवलपरासीका सूचना अधिकृत अमृत मरासिनीले खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको अनुसन्धानमा उनले निम्न गुणस्तरको चामल बिक्रि गरेको प्रमाणित भएपछि बानिया बिरुद्ध जिल्ला अदालतमा सोमवार मुद्धा दायर गरेको हो । सोमवार नै अदालतको आदेशले मुद्धाको अन्तिम टुंगो नलागुन्जेल वानीयालाई थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । रामग्राम नगलपालिकाले कोभिड १९ वाट प्रभावित नगरपालिकाका २३ सय परिवारलाई २ सय ५० क्विण्टल खाद्यान्न




वानीयाको मिलवाट खरिद गरेर बितरण गरेको थियो । वानीयाले ४० रुपैया किलोमा बिक्रि गरेको चामल निम्न गुणस्तरको भएको जानकारी पाएपछि खाद्य तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान थालेको थियो ।

उनि बिरुद्धको अभियोग प्रमाणित भएमा ५ वर्ष कैद , ५० हजार सम्म जरीवाना वा दुबै सजाय हुन सक्ने कानूनमा ब्यबस्था रहेको छ ।

गुुणस्तरहिन खाद्यान्न बितरण गरेको सम्बन्धमा बुटवलमा रहेको गुणस्तर तथा नापतौल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छुट्टाछुटै अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...