सिरियामा बम विष्फोटः ११ बालबालिका सहित ४० जनाको मृत्यु




टर्कीको रक्षा मन्त्रालयले मंगलबार उत्तर सिरियाको अफ्रिन शहरमा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिएको जनाएको छ।

यो घटना सिरियन कुर्दिस वाईपीजी सेनाले गराएको उनीहरूको आरोप छ।




मन्त्रालयले ट्विटरमा जनाए अनुसार यो विस्फोट भीडभाड हुने अफ्रिनको मध्य बजार क्षेत्रमा भएको थियो।

अमेरिकाको स्टेट डिपार्टमेन्टले मंगलबार साँझ आक्रमणको निन्दा गरेको छ।

‘रमजानको उपवास तोड्न मध्य बजारमा किनमेल गरिरहेका दर्जनौं व्यक्तिको विस्फोटका कारण ज्यान गएको छ’, विभागकी प्रवक्ता मोर्गन ओर्टागसले भनिन्।

‘प्रारम्भिक रिपोर्टले मारिनेमा धेरैजसो नागरिक र बालबालिकाहरू रहेको देखाएको छ,’ सिरियामा राष्ट्रव्यापी युद्धविरामको लागि अमेरिकाको आह्वानलाई दोहोर्‍याउँदै जारी विज्ञप्ति उनले भनिन्, ‘यस प्रकारको कार्य दुवै पक्षबाट अस्वीकार्य छ।’

मंगलबारको विस्फोट टर्की सेनाको नियन्त्रण रहेको क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमण हो।

अन्काराले आक्रमणको लागि वाईपीजीलाई बारम्बार दोषी ठहराउँदै आइरहेको छ। तर इस्लामिक मिलिसियाले आफ्नो आक्रमण आमनागरिकप्रति लक्षित नबऐको बताउँदै आएको छ।



सम्बन्धित
Loading...