नेपालमै बन्यो कोरोनाको औषधी !
कावासोती । विश्वभर कोरोनाको महामारीले आक्रान्त पारी रहेको बेला नेपालमा भने एक जना प्राध्यापक डाक्टरले कोरोना भाइरस निर्मुल पार्ने औषधी तयार गरेको दावी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतको हेटौडास्थित वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले यस्तो दावी गरेका हुन् । उनले स्वास्थ्यबद्र्धक जडीबुटीको समिश्रणबाट त्यो औषधि निर्माण गरेको दावी गरेको राससले जनाएको छ ।
भारतको बनारस हिन्दु विश्वविद्यालयमा फोटो कमेस्ट्रीमा पिएचडी उपाधी हासि गरेका डा. दासले करिब २५ दिन लगाएर आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर सोध गरी सो औषधी तयार पारेको दावी गरे ।
उनले वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै सरोकारवालासँग् सहयोगको आव्हान समेत गरेका छन् । उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरु अनुरुप काम गरेको दावी समेत गरेका छन् ।