जन्मदिनमा मृगौला पीडितलाई सहयोग




नवलपुरकाे गैंडाकोट नगरपालिका वार्ड नम्बर १ गंगानगर निवासी ३५ बर्षीय गोविन्द कंडेल विगत केही समय अघिदेखि आफ्ना दुबै मृगौलामा समस्या देखिए पछि आर्थिक अभावका कारण उपचार गर्न सकिरहेका थिएनन ।

उनको उपचारको लागि गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले विभिन्न संघ संस्थाहरुसँँग सहजीकरणको भुमिका निर्वाह  गरिरहेका बेला गैंडाकोट ५ का नवीन अधिकारीले मृगौला पिडितको अबस्था बुझ्ने अबसर पाए र आफ्नो छोरा सक्षम अधिकारीको बुधबार जन्मदिनको अबशर पारेर मृगौला पीडित गोविन्दको निवासमै पुगेर बीस हजार रूपैयाँ सहयोग गरेका छन ।




आफ्नो उपचारको लागि सहयोग स्वरुप नगद रकम प्राप्त गरेपछी खुसी हुँदै गोविन्दको परिवारले सहयोग  गरीदिन अन्य जनसमुदायहरुलाई समेत अपिल गरेका  थिए ।



सम्बन्धित
Loading...