लक डाउनले गर्दा केराले बजार पाएन

पप्पु रेग्मी –
नवलपरासी (बर्दघाट) । उखु खेती गरेर समयमै रकम र उचित मूल्य पाउनबाट बन्चित बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्लाकोे दक्षिण क्षेत्रका किसानहरु यति बेला केरा खेती तर्फ आकर्षित भएका छन । उखु लगाएको दुई तिन वर्ष पछि उखुको भुक्तानी पाउन बाँध्य किसान अहिले नगदे बालीका रुपमा केरा खेतीलाई लिएका छन ।
उखु खेती गर्दै आएको आफू दुई वर्ष यता केरा खेती गर्दै आएको र जसबाट आफू मनग्ये आमदानी गर्न सफल भएको गुठि प्रसौनी वडा नम्वर ६ का किसान छविलाल प्रसाद हरिजनको भनाई छ ।
अहिले कोरेना भाईरस अर्थात कोभिड – १९को महामारीले गर्दा लक डाउनको समयमा यस क्षेत्रको स्थानीय किसान बद्रि यादवले आफूले लगाएको तिन विगाहा खेतमा तयार भएको केराले बजार पाउन सकेन र केरा खेत मै विग्रियो भने करिव १५ लाख रुपैया नोक्सान हुने बताए ।
यस क्षेत्रमा उत्पादन भएको ६० प्रतिशत केरा प्रदेश नम्वर ४ को पोखरा बजारमा जाने गर्दछ । पोखराका फलफुल थोक व्यवसायिहरुबाट माग भए अनुसार यस क्षेत्रको वडाको सिफारिश लगाएत आवश्यक कागजात सहित पठाएको केरा पोखरा नगर भित्र लग्न प्रहरीले अहिले रोक लगाएकोले बजार पाउँन समस्या भएको किसानहरुले गुनासो गरेका छन । अहिले लोजिनाई, नन्दन, रावेस्टा नाम भएका केरा करिव ४ सय विगाहामा तयार हुने केराले बजार नपाएमा विग्रने भएकोले सम्बिन्धित निकायले रोक्न नहुने नवलपरासी केरा उत्पादन संघका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।
अन्न उत्पादन गर्ने किसानहरु नै भएकोले राज्यले किसानह्रुलाई विभिन्न सुविधाहरु दिनु पर्ने र त्रिवेणी सुस्ताको केरा पोखरा, काठमाण्डौं, बुटवल,दाङ, नारायणघाट लगायतका क्षेत्रहरुमा विक्रि हुने गरेको छ । प्रदेश नं. ५ को केरा प्रदेश नम्वर ४ पोखरा जान रोक लगाए पछि यस क्षेत्रका केरा खेती गर्ने किसानका केरा त्यत्तिकै विग्रिने अवस्था आउँन सक्ने हुनाले यस तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । नवलपरासीमा कूल सत्र शय विगहामा केरा खेती गर्एिको छ भने यस जिल्लामा करिव ५० लाख रुपैया बरावरको केरा नोक्सान हुने अवस्था आउन सक्ने देखिन्छ ।