सामाजिक दुरी कायम नगरी किसानलाई मल वितरण

नवलपरासी बैशाख १७
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकमा लकडाउनको उल्लङ्घन भएको छ । नगरपालिकाले किसानहरुका लागि सहकारी मार्फत धानको विउ पलब्ध गराउने निर्णय गरे संगै आज विहानै देखि बर्दघाटमा रहेको माकर बहुमुखी सहकारी संस्थामा धानको विउ लिन र खाद लिनका लागि सयौंको संख्यामा किसानहरुको भिड लागेको थियो । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयममा भएको भिडले कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई झनै बढाईदिएको छ ।
सहकारीमा किसानहरु विउ र खाद लिनका लागि भएको भिडलाई ब्यबस्थापन गर्नका लागि भने सहकारीले कुनै सुरक्षाका उपाय अपनाएको भने देखिएन । सहकारीका अध्यक्ष शिवलाल कंडेलले भने विउ तथा खाद वितरण गर्नका लागि कुनै सुचना जारी नगरेको र एक्कासी भिड हुँदा नियन्त्रण गर्न नसिकएको बताएका छन् ।
किसानहरु भन आफुहरुले सहकारीले धानको विउ वितरण गर्दैछ भन्ने जानकारी पाएर आएको बताएका छन् । सयौंको संख्यामा रहेका किसानको भिडलाई बयबस्थीत गर्न त्यहि भिडका विचमा देखिएका २ जना प्रहरीलाई भने हम्य हम्य परेको थियो । यो संकटको समयमा कसरी वितरण गर्ने भन्ने विषयमा कुनै मापदण्ड नवनाई सुरक्षाका उपायको समेत अवलम्बन नगर्दा त्यले जोखिम बढाएको बर्दघाट नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यष रविन्द्र विक्रम हमालले बताएका छन् ।
अत्याधिक भिड भएपछि हमालले सहकारीका अध्यक्ष शिवलाल कंडेललाई तत्काल वितरण नगर्न र सहि रुपमा ब्यबस्थापन गरी भिडभाड नहुने तरिकाले वितरण गर्ने ब्यबस्था मिलाउन आग्रह गर्नुभएको थियो । सहकारीमा भएको भिडले भने त्यस आसपासका स्थानिय भने कोरोना संक्रमण फैदिन सक्ने भन्दै त्रसित भएका थिए । उनीहरुले लकडाउनको समयमा सयौँको भिड भैरहदा यसले लकडाउन गर्नु र नगर्नुको कुनै अर्थ नरहेको समेत बताएका थिए । यस्तै भिड कायम रहिरहे बन्द गरिएका पसलहरु खोल्दा पनि कुनै फरक नपर्ने स्थानियको प्रतिकृया रहेको थियो ।
सहकारीका अध्यक्ष कंडेलले भने बर्दघाट नगरपालिकाले धानको विउमा २५ प्रतिशत उनुदान उपलब्ध गराउने निर्णय गरेकोले पछि अनुदान नपाईएलाकी भन्ने डरले पनि किसानहरु हतार गरेर आएको बताए । उनले नगरपालिकाले धानको विउ वितरण गर्नका लागि सहकारीहरु पनि तोकिदिएकोले किसानहरु सहकारीमा भिड लागेको बताएका छन् । कंडेलले सहकारीमा किसानको मागलाई थेग्ने जती खाद नभएकोले पनि तत्काल वितरण गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले अव वडा कार्यालय संग समन्वय गरेर किसानहरुलाई विउ तथा खाद उपलब्ध गराउने बताए ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले भने भिड नियन्त्रणका लागि प्रहरी प्रशासनलाई भनिसकेको बताए । उनले किसानहरुलाई ब्यबस्थीत तरिकाले विउ वितरण गरिने भएकोले भिडभाड नगर्न समेत आग्रह गरेका छन् । विहान देखि लाईनमा बसेका किसानहरु भने सहकारीले विउ वितरण नगरेपछि निरास भएर फर्किएका छन् । सहकारीमा मात्र होईन बर्दघाटमा रहेका राष्ट्रिय बाणिज्य बैंकमा समेत मानिसहरुको भिभाड रहेको थियो । कोरोना भाईरसबाट बच्नका लागि सामाजीक दुरी कायम गर्नुपर्ने भए पनि कसैले पनि त्यसको पालना गर्ने गरेको भने पाईदैन । सरकारले लकडाउनलाई थप कडाई गर्ने बताए पनि लकडाउन उल्लङ्घनका धटनाहरु भने बृद्धि हुँदै गैरहेका छन् ।