५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा ।५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-७ बस्ने १६ वर्षीय निश्चल राईलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
राईले ती बालिकालाई ललाइ फकाई नजिकैकोकुखुरा फर्मको दाना राख्ने कोठामालगि जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।