डिजल बाेक्ने ट्याङ्करमा लागुअाैषद काराेबार




मकवानपुर जिल्लाकाे हेटौडा उप-महानगरपालिका वडा नं. १५ मा डिजल बाेक्ने ट्यांकरमा प्रहरीले लागुअाैषध बरामद गरेकाे छ ।

पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको चेकिङ टोलीले रक्सौल तर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नं. को डिजेल लोड रहेको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको लागु औषध WINCIREX 100 ML को १५५ वटा बोतल फेला परेको ।




प्रहरीले उक्त ट्याङकर, लागु औषध सहित ट्याङकर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ४ घर भई जिल्ला मकवानपुर हे.उ.म.न.पा. ४ डेरा गरी बस्ने बर्ष ३३ को मान बहादुर थोकर र उक्त ला.औ. ओसार पसारमा संलग्न जिल्ला मकवानपुर हे.उ.म.न.पा. ४ बस्ने बर्ष ४५ को सेते लामालाई नियन्त्रणमा लिएकाे छ ।



सम्बन्धित
Loading...